गृहपृष्ठ खबर मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु

प्रकाशित मिति:

मेक्सिको सिटी : मेक्सिकोको ग्वानजुतो प्रान्तस्थित एक रेष्टुरेन्टमा आइतबार हतियारधारी समूह छिरेर अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको छ ।

आइतबार अचानक हतियारधारी समूह रेष्टुरेन्टमा छिरेर गोली चलाउँदा त्यहाँ ठूलो संख्यामा पाहुना र कर्मचारीहरु थिए । मृत्यु हुनेमध्ये सात पुरुष र चार महिला छन् । उनीहरु पाहुना र कर्मचारी रहेका थिए ।

आइतबार बिहान मोटरसाइकलमा अचानक ठूलो संख्यामा आएका ती बन्दुकधारीहरु कहाँबाट आएका थिए र कहाँ गए भन्ने यकिन भएको छैन । साथै घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

किसानहरुको वाहुल्य रहेको ग्वान्जु सहरमा यस्तो घटना भएको हो । मेक्सिकोमा खासगरी लागूऔषध तस्कर समूहबीच बारम्बार झडप हुने गरेका छन् । कतिपय अवस्थामा प्रहरीसँग पनि तस्कर समूहको झडप पर्ने गरेको छ ।

 

सम्बन्धित् समाचार