गृहपृष्ठ खबर अब ओली सरकारलाई तह लगाउनुपर्छ : देउवा

अब ओली सरकारलाई तह लगाउनुपर्छ : देउवा

प्रकाशित मिति:

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारलगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने बताएका छन्।

सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ छ। नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ।

हाम्रा साथीभाइलाई धरपकड गरेको छ।’ ओली नेतृत्वको सरकारले कर्मचारीलाई पनि धम्क्याउने, तर्साउने काम गरिरहेको आरोप देउवाको छ।

‘सरकारले जथाभावी गरेको छ। कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ। हाम्रो पालामा त यस्तो गरेको थिएन,’ उनले भने। उनले ओली सरकारलाई तह लगाउनुपर्ने पनि बताए। ‘ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ,’ देउवाले भने।

कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘मैले पहिल्यै कम्युनिष्टले जिते देशलाई खतरा हुन्छ भनेकै हो,’ देउवाले भने, ‘कोरोना नआएको भए देशैभरि जुलुस गर्ने योजना थियो मेरो। कोरोनाका बेला आन्दोलन गर्न भएन।’

 

सम्बन्धित् समाचार