गृहपृष्ठ खबर नेपाली काग्रेंस कपिलवस्तुको जिल्ला सदस्यमा ज्ञवाली र खनाल मनोनित

नेपाली काग्रेंस कपिलवस्तुको जिल्ला सदस्यमा ज्ञवाली र खनाल मनोनित

प्रकाशित मिति:

नेपाली काग्रेंस कपिलवस्तुले प्रदेश नम्बरको राजधानी कपिलवस्तु जिल्लामा बनाउनु पर्ने माग गरेको छ । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिको तौलिहवा स्थित पार्टी कार्यालयमा बसेको बैठकले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउनु पर्ने माग गरेको हो ।

पार्टी सभापति सुरेन्द्रराज आचार्यले कपिलवस्तु सबै जिल्लाको बिचमा पर्ने स्थानमा पर्ने जिल्ला कपिलवस्तु भएकोले कपिलवस्तुलाई राजधानी बनाउदा कुनै पनि जिल्लालाई असर नपर्ने कांग्रेस कपिलस्तुले निर्णय गरेको बताए ।बैठकमा खाली रहेका २ जिल्ला कार्य समिति सदस्य समेत थप्ने निर्णय गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए ।

बैठकले राजेश ज्ञवाली र पदम प्रसाद खनाललाई जिल्ला कार्य समिति सदस्यमा राख्ने निर्णय गरेको छ ।

 

यस्तै आमन्त्रित जिल्ला कार्य समितिमा रेश्मीराज अधिकारी र नारायण भुसाललाई बनाउने निर्णय समते भएको छ ।

सकृय सदस्य नविकरणको बिवरण यही असोज २५ गते सम्म जिल्ला कार्य समितिमा पठाउनु पर्ने निर्णय भएको अर्का सचिव प्रेम बहादुर रायमाझीले बताए । यस्तै एक महिना भित्र निधन भएका कांग्रेस नेता तथा बुद्धभुमी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजेश्वर सिंह, कांग्रेस नेताहरु भीम बहादुर सुनार, सोमनाथ पौडेल किशोर कहारको मृत्यु प्रति शोक प्रस्ताव समेत पारित भएको जिल्ला सदस्य रवि काफ्लेले  बताए ।

सम्बन्धित् समाचार