गृहपृष्ठ खबर प्रदेश ५ को बैठक : तोडफोड गर्ने कांग्रेसका तीन सांसद

प्रदेश ५ को बैठक : तोडफोड गर्ने कांग्रेसका तीन सांसद

बुटवल : प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले कुर्सीले हानेर टेबुल र माइक तोडफोड गरेका छन्। प्रदेश सभाको सोमबार दोस्रो पटक चलेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएका थिए।

नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरे। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरे।

यतिञ्जेल विरोधमा नाराबाजी गरिरहेका कांग्रेस सांसद आफ्नो बस्ने कुर्सी छेउ पुगेर कुर्सी उचालेर तोडफोडमा उत्रिए।
लगत्तै कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गर्न थाले।

त्यसपछि कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्। कांग्रेसले बुटवलमै प्रदेश राजधानी बनाउनुपर्ने माग गरेको छ। उसले प्रदेशसभाबाट दाङ स्थायी राजधानी सार्ने प्रस्ताव फिर्ता लिन माग गरेको हो।

तोडफोडमा उत्रिएका तीनै सांसद प्रत्यक्ष निर्वाचित हुन्। कलवार नवलपरासी पश्चिम( २ ९ख० बाट निर्वाचित भएका हुन्। उनी यातायात व्यवसायी पनि हुन्। पाठकले रूपन्देही ४ (क) चुनाव जितेका हुन्। उनी सालिन नेता मानिन्थे।

खा रूपन्देही ४ (ख)बाट निर्वाचित सांसद हुन्। यसअघि उनी खासै चर्चामा थिएनन्। उनी त्यति चर्चामा मानिस होइन।

सम्बन्धित् समाचार