दाङ : रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ। रुपन्देही तिलोत्तमा नगरपालिका ३ की ६६ वर्षीय महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए।
‘उनलाई थप उपचारका लागि भीम अस्पतालबाट रिफर गरिएर राति साढे १० बजेतिर अस्पतालमा ल्याएको थियो,’ उनले भने, ‘राति ११ बजेतिर आइिसयुमा राखेर उपचार गरिएको थियो। तर उनको बिहान मृत्यु भएको हो।’ उनलाई उच्च रक्तचाप, ब्लड सुगरको समस्या भएको उनले बताए। त्यसैगरी उनको शव व्यवस्थानको तयारी भइरहेको वलीले जानकारी दिए।