काठमाडौं : कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग ९आइपिएल० मा ३८औँ अर्धसतकीय इनिङ खेलेपछि शनिबार राति रोयल्स च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेकोछ । दुबईको डिएससी मैदानमा पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा चार विकेट गुमाएर १ सय ६९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३२ रनमात्र जोड्यो ।
सन् २०१० पछि बेंग्लोरले चेन्नईमाथि जित निकालेको यो नै ठूलो अन्तर हो । त्यसबेला चेन्नई बेंग्लोरसँग ३६ रनले पराजित भएको थियो । जितसँगै बेंग्लोर आठ अंकका साथ चौथो स्थानमा उक्लेको छ । चेन्नई चार अंकका साथ छैटो स्थानमा छ । लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स छ । दिल्लीले पाँच जितका साथ १० अंक जोडेकोछ ।
१३औँ आइपिएलको २५औँ खेलमा कोहली र सिभम दुवेले अन्तिम पाँच ओभरमा उत्कृष्ट ब्याटिङ गरेका थिए । १४।३ ओभरमा वासिङटन सुन्दर गुमाउँदा बेंग्लोर ९३–४ को स्थितिमा थियो । त्यसपछि कोहली र दुवेले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै बेंग्लोरलाई बलियो स्थितिमा पुर्याए ।
कोहलीले ५२ बलमा चार चौका र चारै छक्का प्रहार गरी ९० रन जोडेका थिए । दुवेले १४ बलमा एक छक्का र दुई चौका प्रहार गरी २२ रन बनाए । यसैगरी ओपनर देवदत्तले ३४ बलमा २२ रन बनाए । प्रत्युत्तरमा चेन्नईको ब्याटिङ कुनै पनि समय राम्रो भएन । ओपनर सेन वाट्सनले १८ बलमा १४ रन बनाए । सो इनिङमा अम्बाती राइडुले सर्वाधिक ४२ रन जोडे । यसैगरी नरायन जगदेसनले २८ बलमा ३३ रनको योगदान दिए । रायडु र जगदेसनले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे ।
रायडुले ४० बलमा चार चौका र जगदेसनले २८ बलमा ३३ रन जोडदा चार चौका प्रहार गरे । चालु आइपिएलको उद्घाटन खेलमा चेन्नईले पहिलो खेलमा जित निकालेको थियो । सात मध्ये पाँच खेल चेन्नईले गुमाएको छ । यस खेलको रमाइलो पक्ष के रह्यो भने १५ महिनापछि कोहली र चेन्नईका कप्तान महेन्द्रसिंह धोनी एकैपटक देखिए । सन् २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा यी दुवै अन्तिमपटक एकै मैदानमा देखिएका थिए ।
कोलकताको सनसनी जित
यसैगरी १३औँ आइपिएल अन्तर्गत २४ खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पन्जावविरुद्ध दुई रनको सनसनी जित दर्ता गरेको छ । अबुधावीमा कोलकताले पहिलो ब्याटिङ गरी ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । प्रत्युत्तरमा किंग्स ११ ले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६२ रनमात्र जोड्यो ।
कोलकताको ब्याटिङ इनिङ्समा सुभमान गिलले ४७ बलमा ५७ रनको योगदान दिए । उनले पाँच चौका प्रहार गरे । यसैगरी म्यान अफ दी म्याच कप्तान दिनेश कातिकले २९ बलमा आठ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ५८ रन बनाए ।
प्रत्युत्तरमा किंग्स ११ ले सुरुवात उत्कृष्ट गरेको थियो । फर्ममा रहेका ओपनरद्वय लोकेश राहुल र मायांक अग्रवालले पहिलो विकेटका लागि १४।२ ओभरमा १ सय १५ रनको साझेदारी जितको आधार बनाए । तर अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा किंग्स ११ झिनो दुई रनले पराजित हुन पुग्यो ।
राहुल इनिङ्सको १८।६ ओभरमा आउट भए । उनी आउट हुँदा किंग्स ११ को अवस्था १५१–४ थियो । राहुलले ५८ बलमा ६ चौका प्रहार गरी ७४ रन जोडे । यसैगरी मायांकले ३९ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५६ रन बनाए । नाम चलेका ब्याट्सम्यान निकोलास पुरनले १६ रन तथा ग्लेन म्याक्सवेलले १० रन जोडे ।
डाटा अनुसार कोलकताले अहिलेसम्म किंग्स ११ माथि निकै छोटो अन्तरले हराएको हो । यो आइपिएलमा दुई रनले विपक्षीलाई माथ दिने कोलकता पहिलो टोली हो । सन् २०१४ मा कोलकताले वेंग्लोरलाई दुई रनले नै हराएको थियो । यसैगरी २००८ मा कोलकताले वेंग्लोरमाथि पाँच रनको जित निकालेको थियो ।
यस खेलमा मोहमद सामीले आइपिएलमा आफ्नो ५० विकेट पुरा गरेका छन् । उनले ५८ खेलमा यो सफलता चुमेका हुन् । यसैगरी कोलकताका इयोन मोर्गानले आइपिएलमा हजार रन पुरा गरेका छन् । उनले ५८ खेलमा ५१ इनिङ्समा यो उपलब्धी हात पारे ।
१३औँ आइपिएलमा अहिलेसम्म २१ ब्याट्सम्यान रन आउट भएका छन् । जसमा किंग्स ११ का पाँच ब्याट्सम्यान रन आउटकै सिकार भए । यसैगरी पावर प्लेमा सात ब्याट्सम्यान रन आउट भए ।