शनिबार कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा ४ जना कोरोना सक्रंमित थपिएका द्धन ।
वडा नः ७ मा १ जना र ४ मा ३ जना कोरोना संक्रमित थपिएका हुन ।
जसमा वडा नः ७ का ४५ बर्षीय पुरुष, वडा न ४ का २२ बर्षीय पुरुष , ७६ बर्षीय महिला र ५७ बर्षका पुरुष रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।
हालसम्म बाणगंगामा १५९ कुल सकं्रमित भएका मध्य मात्र २६ जनामा कोरोना केस एक्टीभ रहेको छ ।








