चितवन : चितवनको एक कटेजमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले सवा दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ।कालिका नगरपालिका–४ स्थित ग्रीन टप कटेजमा हजारौं रुपैयाँको बाजी राखेर जुवातास खेल्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको डिएसपी सूर्यबहादुर थापाले बताए।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले २ लाख २९ हजार ७८० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–४ बस्ने ३७ वर्षीय बलबहादुर नेपाली, सोही स्थानका ३५ वर्षीय हरीराम लामा, वडा नम्बर ५ का ४० वर्षीय कुमार चौधरी, नवलपुरको गैंडाकोट–२ बस्ने ३८ वर्षीय हरी जिसी र सोही ठाउँका ३८ वर्षीय नवराज परियार छन् ।
उनीहरुलाई जुवा कसुर अन्तर्गत मुद्दा दर्तागरी अनुसन्धान भइरहेको थापाले बताए।