गृहपृष्ठ खबर कृष्णनगरदेखि काठमाण्डौसम्म सुबिधा सम्पन्न बटौली एक्सप्रेस सञ्चालनमा

कृष्णनगरदेखि काठमाण्डौसम्म सुबिधा सम्पन्न बटौली एक्सप्रेस सञ्चालनमा

प्रकाशित मिति:

कपिलवस्तुको कृष्णनगरदेखि काठमाण्डौसम्म सुबिधा सम्पन्न बटौली एक्सप्रेस सञ्चालनमा आएको छ । एसि समेतको सुबिधा रहेको बटौली एक्सप्रेसले यात्रुहरुलाई सहज र सुबिधासहित काठमाण्डौ लैजान बुटलव यातायात प्रा लीले बटौली एक्सप्रेस सञ्चालनमा ल्याएको हो ।

टिकटका लागी बुटवल काउण्टर, भैरहवा, बेलहिया, कृष्णनगर चन्द्रौटामा पनि टिकेट उपल्बध रहेको छ ।
साथै टिकका लागी कपिलवस्तुको बाणगंगा चार नः जितपुरमा बाणगंगा टुर एण्ड ट्राभ्ल्समा (९८५७०२३८८८) पनि टिकट काट्न सकिने बुटवल यातायात प्रालीका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए ।

बसमा एसि, हिटर, सिसि टिभि क्यामेरा, सेमि सिलिपर, एलइडि टिभि र पानिको समेत सुबिधा रहेको श्रेष्ठले बताए । बटौली एक्सप्रेसबाट काठमाण्डौ जादा निकै सहज भएको चन्द्रौटाका एक यात्रु बताए । बटौली एक्सप्रेस अहिले कपिलवस्तु र रुपन्देहीबाट काठमाण्डौ जानका लागी निकै लाभदायक रहेको छ ।

कृष्णनगरबाट हरेक दिन साझ ५ बजे र सुनौलीबाट हरेक दिन बेलुका ७ बजे काठमाण्डौका लागी बटौली एक्सप्रेस बस छुट्ने गरेको छ ।

सम्बन्धित् समाचार