गृहपृष्ठ खबर रुपन्देहीमा नेकपा र राप्रपा परित्याग गरी १८ जना जनता समाजवादी पार्टीमा प्रवेश

रुपन्देहीमा नेकपा र राप्रपा परित्याग गरी १८ जना जनता समाजवादी पार्टीमा प्रवेश

प्रकाशित मिति:

रुपन्देही : जनता समाजवादी पार्टी नेपाल रुपन्देहीले संगठन बिस्तार अभियानलाई निरन्तरता दिदै आएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ५ इम्लिहवाँ टोलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० परित्याग गर्ने १८ जनालाई आज बुधबार एक कार्यक्रमका बिच जसपामा प्रवेश गराइएको छ ।

उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, लगायतले पार्टीमा प्रवेश गराउनु भएको हो ।
यस्तै गरि आज बुधबार रोहिणी गाउँपालिका वडा नम्बर ५ इम्लिहवाँ टोलमा रोशन घर्तिको अध्यक्षतामा ९ पदाधिकारी सहीत ४१ सदस्यीय टोल समिति गठन गरीएको छ ।

जसको उपाध्यक्षमा ज्ञानु घर्ति, अशोक हरीजन, हृदेश यादव, दान बहादुर घर्ति, चन्दा घर्ति सचिवमा राज कुमार घर्ति, सह–सचिवमा धनश्याम घर्ति ,कोषाध्यक्षमा कुन्ती घर्ति रहनु भएको युवा नेता विद्या यादवले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार