गृहपृष्ठ खबर कोलकताको नयाँ कप्तानमा मोर्गन, कार्तिकले छाडे कप्तानी

कोलकताको नयाँ कप्तानमा मोर्गन, कार्तिकले छाडे कप्तानी

प्रकाशित मिति:

काठमाडौं : दिनेश कार्तिकले कोलकाता नाइट राइड्सको ‘कप्तानी’छाडेका छन्। अब विश्‍वकप विजेता कप्तान इयोन मोर्गनले कोलकाताको ‘कप्तानी’ गर्ने छन्।

आइपीएल २०२० मा सात खेलपछि कार्तिकले मोर्गनलाई कप्तानी हस्तान्तरण गरेका हुन्। कोलकताले कार्तिकले कप्तानी छाडेको शुक्रबार जनाएको छ। विकेटकिपर ब्याट्सम्यान दिनेशले आफूलाई ब्याटिङमा केन्द्रित गर्न कप्तानी छाडेको बताए।

‘हामी भाग्यशाली छौं कि दिनेश जस्ता टिममा छन्, जसले टीमलाई सधै पहिले राख्छन्,’ नाइट राइडर्सका सीईओ भेन्की मैसुरले भने, ‘उहाँ जस्तो व्यक्तिले यस्तो निर्णय लिन धेरै साहस चाहिन्छ। जब हामी उहाँको निर्णयबाट छक्क परेका छौँ, हामी उहाँको चाहनाको सम्मान गर्दछौं। हामी भाग्यशाली पनि छौं। विश्‍वक विजेता कप्तान इयोन मोर्गनले हामीलाई अगाडि बढ्न प्रेरित गर्ने छन्।’

युएईमा जारी १३औं संस्करणको आइपीएलमा कोलकता तालिकाको चौंथो स्थानमा रहेको छ। कार्तिकको नेतृत्वमा केकेआरले अहिलेसम्म ७ खेलमा ८ अंक जोडेको छ।

सन् २०१९ मा इंग्ल्याण्डलाई आफ्नो कप्तानीमा एकदिवसीय जिताएका मोर्गनलाई नाइट राइडर्सले डिसेम्बर २०१९ को लिलामीमा ५।२५ करोडमा किनेका थियो।

जारी लिगमा नाइट राइडर्सका सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले ३५ को औसतमा १७५ रन बनाएका छन। कार्तिकले १५।४२ को औसतमा १०८ रन बनाएका छन्।

 

सम्बन्धित् समाचार