गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा थपिए ११ जना कोरोना संक्रमित

कपिलवस्तुको बाणगंगामा थपिए ११ जना कोरोना संक्रमित

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत असोज २८ गते संकलन गरी पठाइएका १८ स्वाबमध्ये ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार सबैभन्दा धेरै वडा नम्बर १ मा ४ जनामा कोरोना देखिएको छ ।

त्यहाँ ७२, ३८, २३ र ७० बर्षका पुरुषमा कोरोना देखिएको हो । यस्तै वडा नम्बर ३ मा २८ बर्षका १ पुरुष, ४ मा २९ (पुरुष) र २४ (महिला), वडा नम्बर ७ मा २५ बर्षिय किशोरीमा कोरोना देखिएको हो । यस्तै वडा नम्बर ८ मा ४३ पुरुष, २४ महिला र ११ मा ५९ पुरुषमा कोरोना देखिएको पौडेलले जानकारी दिनु भयो ।

उनीहरु सबैको अवस्था सामान्य रहेको पनि उहाँले बताउनु भयो । यी सबै कोरोना संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट आएका हुन् । यस्तै असोज ३० गते ३१ जनाको स्बाब संकलन गरी जाँचको लागि पठाइएको छ । आज थपिएकासंगै बाणगंगामा अहिलेसम्म १८४ जना कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ३७ सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित् समाचार