गृहपृष्ठ खबर न्यु लाईट पुर्व विद्यार्थी समाजद्धारा रक्तदान

न्यु लाईट पुर्व विद्यार्थी समाजद्धारा रक्तदान

प्रकाशित मिति:

न्यु लाई स्कुलपुर्व विद्यार्थी समाजले आज रुपन्देहीको शंकरनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यु लाईट स्कुलमा आयोजित सो कार्यक्रममा ३४ युनिट रगत संकलनभएको छ ।

कोरोना भाइरसको महामारी सामाजिक स्तरमा फैलिइरहेको अवस्थामा कोरोना लगायत अन्य कुनै पनि रोग र दुर्घटनाका कारण आबश्यक पर्ने रगत अभाव हुन नदिन समाजले स्थापना पश्चातको पहिलो सामाजिक कार्य स्वरुप उक्त कार्यक्रको आयोजना गरेको हो ।

समाजका संयोजक नितेश खरेलको अध्यक्षता , न्यु लाइट स्कुलव्या वस्थापन समितिका अध्यक्ष खड्क बहादुर गौतमको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य रमेश ज्ञवालीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम आकाश पन्तको स्वागत र सागर पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा सहभागि पुर्व विद्यार्थीहरुले सो समुहलाई विद्यालयको हितका लागि रचनात्मक कार्यक्रमहरु संचालन गर्ने प्रतिवद्धता जनाएकाथिए

सम्बन्धित् समाचार