गृहपृष्ठ खबर शिक्षकमा कोरोना देखिएपछि कपिलवस्तुको कनकमुनि बिद्यालय नै बन्द

शिक्षकमा कोरोना देखिएपछि कपिलवस्तुको कनकमुनि बिद्यालय नै बन्द

प्रकाशित मिति:

चार नम्बर जीतपुर : कपिलवस्तु जिल्लाको कपिलवलस्तु नगरपालिका वडा नः ९ मा रहेको कनकमुनि माध्यमिक बिद्यालयमा एक शिक्षकलाई कोरोना संक्रमण देखिएपछि बिद्यालय बन्द भएको छ । गत २८ गते बाणगंगामा स्वाब सकंलन गरेका ति शिक्षकलाई कोरोना संक्रमण देखिएको हो ।

बिद्यालयमा कक्षा ११ र १२ अध्यापन गराउदै आएका ति शिक्षक नियमित बिद्यालयका शिक्षक र बिद्यार्थीको सम्पर्क रही पठनपाठन गराउदै आएका थिए । शिक्षकलाई कोरोना देखिएपछि आज बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले कात्तिक १५ गतेसम्मका लागी बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना परिक्षणको दायरा घटाएपछि कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएता पनि समाजमा कोरोना संक्रमणको दर बढेको सरोकारवालाहरु बताउँछन । गत २८ गते बाणगंगामा स्वाब सकंलन भएका मध्ये ११ जनाको रिर्पोट पोजिटिभ आएको थियो ।

सम्बन्धित् समाचार