
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा किंग्स ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा पञ्जाबले दिल्लीलाई ५ विकेटले हराएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोडेको थियो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। तर उनीबाहेक दिल्लीका अन्य ब्याट्सम्यान चल्न नसक्दा पञ्जाबले औशत चुनौति पाएको थियो।
पछिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका धवनले ६१ बलमा १०६ रन जोडेका हुन्। त्यसबाहेक कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडे।
उता पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिँदा जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले समान १र१ विकेट लिए।
जवाफी ब्याटिङ उत्रिएको पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। पञ्जाबका लागि निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए। त्यस्तै, ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे।
दिल्लीका लागि कगिसो रबाडाले २ तथा अक्षर पटेल र रविचन्द्रन अश्विनले १र१ विकेट लिए।








