गृहपृष्ठ अर्थ/वाणिज्य नेपाल राष्ट्र बैङ्कले पठाएको २ अर्ब बराबरको नयाँ नोट आजदेखि बजारमा

नेपाल राष्ट्र बैङ्कले पठाएको २ अर्ब बराबरको नयाँ नोट आजदेखि बजारमा

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट बिहीबारदेखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

‘हामीले २ अर्ब रुपैयाँका १० करोड थान नयाँ नोट बजारमा पठाएका छौं, यो आजैदेखि चलनचल्तीका लागि खुला गरिएको छ’ कार्यकारी निर्देशक नेपालले भने । उक्त नोटमा पहिलेको जस्तै रातो रङ र बाह्रसिंगेको फोटो रहेको र साविकको जस्तै अक्षर लेखिएको छ ।

 

सम्बन्धित् समाचार