गृहपृष्ठ खबर रअका प्रमुखसँग प्रधानमन्त्रीको भेट हुनु आपत्तिजनक : भीम रावल

रअका प्रमुखसँग प्रधानमन्त्रीको भेट हुनु आपत्तिजनक : भीम रावल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुखसँग प्रधानमन्त्रीको भेट आपत्तिजनक भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्तकुमार गोयलबीच बुधवार राती बालुवाटारमा भेट भएको थियो। भेटमा नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्रीको सचिवालयबाट भेटको पुष्टि भएसँगै पूर्वमन्त्रीसमेत रहेका नेता रावलले यसलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीतको गतिविधि भनेका छन् ।

भेट नेकपाको विचार, नीति र घोषणाको विपरीत भएको रावलको भनाई छ।

सम्बन्धित् समाचार