गृहपृष्ठ खबर चेल्सीको बर्नलीमाथि सहज जित

चेल्सीको बर्नलीमाथि सहज जित

प्रकाशित मिति:

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि सहज जित निकालेको छ। टर्फमोरमा भएको खेलमा चेल्सीले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो।

चेल्सीको जितमा हाकिम जिएच, कुर्ट जोउमा र टिमो र वेर्नरले गोल गोल गरे। जिएचले गरेको २६ औं मिनेटको गोलमा चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा म्यासन माउन्टको पासमा जोउमाले गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गोल गर्दा वेर्नरले ७० औं मिनेटमा गोल थपे।

जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले ७ खेलबाट १२ अंक जोडेको छ। उता जारी सिजन ६ खेल खेलेर एउटामा बराबरी र बाँकी खेलमा पराजय भोगेको बर्नली एक अंकसहित तालिकाको पुछारमा छ।

 

सम्बन्धित् समाचार