गृहपृष्ठ खबर विनाशकारी आँधीबाट फिलिपिन्समा ४ जनाको मृत्यु, हजारौँ विस्थापित

विनाशकारी आँधीबाट फिलिपिन्समा ४ जनाको मृत्यु, हजारौँ विस्थापित

मनिला : फिलिपिन्समा गोनी नामको आँधीका कारण कम्तिमा चार जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले विनाशकारी आँधीको खतरा देखाउँदै नागरिकलाई सचेत गराएका छन् । जसले गर्दा समुद्र किनारका हजारौँ मानिस विस्थापित भएका छन् । सरकारी आँधी मापन निकायले दिएको जानकारी अनुसार यहाँ प्रतिघण्टा ३१० किलोमिटरका दरले तीव्र रुपमा आँधी आएको छ ।

साथै कतिपय स्थानमा ठूलो मात्रामा भौतिक संरचना भत्किएका छन् । घरका छाना उडाउनुका साथै अरु संरचनामा क्षति पुगेको छ । देशको दक्षिणी क्षेत्रमा २२ जनाको ज्यान जाने गरी मोलेभ नामको आँधी आएर क्षति पुर्याएको एक सातापछि नै गोनी आँधी आएको हो ।

आइतबार आएको आँधीबाट अलबे प्रान्तमा एक बालकसहित चार जनाको मृत्यु भएको हो । राजधानी मनिलामा समेत नदी किनारका बस्तीबाट अधिकांश मानिस विस्थापित भएका छन् । फिलिपिन्समा कोरोनाभाइरसको महामारीबाट भने ३ लाख ७८ हजार भन्दा धेरै संक्रमित बनेका छन् । साथै ७ हजार १ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

सम्बन्धित् समाचार