
कपिलवस्तु जिल्लाको मर्यादपुरबाट १४ पिस गिलो ब्राउन सुगर सहीत एकजना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाँउपालिका वडा न. ५मा पर्ने सुठौलि भन्साको व्यरियलमा वि.ओ.पि.मर्यादपुुर बाट सशस्त्र प्रहरि निरीक्षक शंकर शिहं सिखको कमाण्डमा खटिएको पाँच जनाको मोवाईल टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा न. १०का बर्ष २३ का दिप चन्द्र सिहं क्षेत्रि रहेको प्रहरिले जनाएको छ । पक्राउ परेका उनलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १४ पिस ब्राउन सुगर,भन्सार छलि ल्याउदौ गरेको कि प्याड मोवाईल एक थान, टच मोवाईल एक थान सहित पक्राउ गरिएको सशस्त्र प्रहरि निरीक्षक शंकर शिहं सिखले जानकारी दिए । करिब ६० लाख बराबर मुल्यको लागू औषध भेटिएको उनले बताए ।
उनलाई थप कारवाहिका लागि जिल्ला प्रहरी कार्यलयमा पठाईसकेको शिहंले बताए । कपिलवस्तु जिल्लाको सुठौलि भन्सारमा प्रहरि निरीक्षक शंकर शिहं सिखको आगमन पछि तस्करहरु धमाधम पक्राउ परेका छन् । आगामि दिनहरुमा पनि यस्तो हर्कतमा जो कोहि भेटिएमा कसैलाई पनि नछोड्ने उनले दावि गरे ।









