गृहपृष्ठ खबर मृतकको संख्या हजार नाघ्‍यो, थपिए ३१ सय १४ कोरोना संक्रमित

मृतकको संख्या हजार नाघ्‍यो, थपिए ३१ सय १४ कोरोना संक्रमित

 

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

त्यसैगरी २४ घण्टामा ३१ सय ४२ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या हजार नाघेको छ। मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या मंगलबार एक हजार ४ पुगेको हो।

अहिले आइसोलेसनमा ३७ हजार ४७६ जना रहेका छन्।

सम्बन्धित् समाचार