गृहपृष्ठ खबर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २४ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २४ गते

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि, कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बिहीबार भएको बैठकमा सहभागीहरुले बोल्नेक्रम जारी रहेकाले सो बैठक शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा १२ः३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित् समाचार