गृहपृष्ठ खबर मुम्बईले दिल्लीलाई दियो २०१ रनको विशाल लक्ष्य, कुन टिम पुग्ला फाईनलमा ?

मुम्बईले दिल्लीलाई दियो २०१ रनको विशाल लक्ष्य, कुन टिम पुग्ला फाईनलमा ?

प्रकाशित मिति:

काठमाडौं : आईपीएल २०२० को फाइनल प्रवेशको लागि पहिलो क्वालीफायरमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्।दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाउदै २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको लागि इशान किशनले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। सुर्यकुमार यादवले ३८ बलमा ६ चौका र २ छक्का मद्दतले सर्वाधिक ५१ रन बनाए। क्विन्टन डीककले २५ बलमा ५ चौका र १ छक्का मद्दतले ४० रन बनाए। हार्दिक पान्ड्याले १४ बलमा ५ छक्का मद्दतले अविजित ३७ रन बनाए। क्रुनाल पान्ड्याले १३ रन बनाउदा रोहित शर्मा र काइरन पोलार्डले खाता खोल्न सकेनन्।

 

सम्बन्धित् समाचार