
कपिलवस्तुमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिकामा ११ जना, शिवराज नगरपालिकामा ३ जना र बाणगंगामा २ जना कोरोना संक्रमित थपिएका हुन् ।
शुक्रबार १६ संक्रमित थपिएसंगै हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १४२ पुगेको छ ।








