
बर्षौदेखि कम्युनिष्ट राजनीति गरेर जेलजिवन समेत भोग्दै वर्तमान केन्द्रिय राजनीतिमा रहेका कम्युनिस्टका नेताहरु सङ्ग राजनीति गर्नुभएका बाणगङ्गा-८ मोर्मिका जगदीश घिमिरेसहित उहाको परिवार नेपाली कांग्रेसमा प्रवेश गरेको छ । उहाँको ८ जनाको परिवार तथा गाउँका अन्य २ घर सहित नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो ।

उहाकै निवासमा आयोजना कार्यक्रममा तरुण दल,नेपाली कांग्रेस र नेविसंघका नेताहरुको रोहवरमा पार्टि प्रवेश गरिएको हो । कार्यक्रममा तरुण दल कपिलवस्तुका सभापति शक्तिसिह ठकुरि, नेपाली कांग्रेसका क्षेत्रीयसचिव प्रेम नारायण पौडेल, रूपन्देही सैनामैनाका तरूण कोषाध्यक्ष खिमराज पोख्रेल,नेविसंघ क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल ,नेपाली कांग्रेसका नेता टोपनारायण भण्डारी , नारायण आचार्य ,रबि आचार्य वडा सभापति ध्रुब कडेल, दुर्गा न्यौपाने गिरिराज पौडेल लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
नेपाली कांग्रेस टोल समिति मोर्मिमा कार्यक्रम गरि प्रवेश गराइएको टोलिमा सहभागी तरुण नेता खेमरज पोख्रेलले बताउनुभयो । मोर्मी टोल समितिका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उहाहरुलाई सदस्य दिदै अबिर माला लगायर स्वागत गरिएको हो । कम्युनिस्टले जनता खुन चुस्ने मात्र काम गरेको र जुन कम्युनिस्ट को सिद्धान्त र बिचार हो त्यो भन्दा फरक किसिमले लागिपरेको हुदा आफुहरु सिद्धान्तको राजनीति बिचार सबैमा नेपाली कांग्रेसले जनता को सुखदुःखमा साथ दिदै आएको हुदा आफुहरु प्रवेश गरेको जगदीश घिमिरेले बताउनु भयो।
कार्यक्रममा क्षेत्रिय सचीव प्रेम नारायण पौडेल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी सैनामैना नगर कोषाध्यक्ष खिमराज पोख्रेल , नेपाली कांग्रेसका रबि आचार्य नेविसंघ क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो।








