गृहपृष्ठ खबर लामो विवादपछि सुरु भयो नेकपा सचिवालय बैठक

लामो विवादपछि सुरु भयो नेकपा सचिवालय बैठक

प्रकाशित मिति:

काठमाडौं : लामो विवाद र बहसपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक सुरु भएको छ। पार्टीको आन्तरिक विवाद, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीको विषयमा असन्तुष्ट नेताहरुले पटकपटक बैठक राख्न आग्रह गर्दा पनि सहमति जुट्न सकेको थिएन।

कात्तिक २२ गते नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित सचिवालयका शीर्ष पाँच नेताले सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई लिखित पत्र नै बुझाएका थिए।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन माग गर्दै पत्र बुझाएको हप्ता दिनपछि सचिवालय बैठक बसेको हो।

बुधबार पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार साँझ ४ बजेका लागि सचिवालय बैठक रहेको जानकारी गराएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको समयभन्दा केही ढिला बैठक सुरु भएको हो।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट छ।

 

सम्बन्धित् समाचार