गृहपृष्ठ खबर अफगानिस्तानमा तालिबानले गरे १४ सुरक्षाकर्मीको हत्या

अफगानिस्तानमा तालिबानले गरे १४ सुरक्षाकर्मीको हत्या

एएनआई (काबुल) : अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । तालिबानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायकाअनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षाचौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए ।

कुन्दुज प्रान्तको साहिब जिल्लाको सो सैनिक क्याम्पमा उनीहरुले बिहीबार राति आक्रमण गरेका थिए । त्यसक्रममा सो क्याम्पमा रहेका सुरक्षा अधिकारीको मृत्यु भएको हो ।

त्यसक्रममा १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुईजना प्रहरी सो जाँचचौकीबाट घर जानेक्रममा तालिबानको आक्रमणमा परी मारिएका हुन् ।

सो आक्रमणमा कम्तीमा पनि १० जना तालिबान मारिएका वा घाइते भएका बताइएको छ । तर, यस विषयमा तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उता, आजै काबुलमा पनि तालिबानीहरुले आक्रमण गरेर दुईजना सर्वसाधारणको हत्या गरेका छन् । रासस

 

सम्बन्धित् समाचार