गृहपृष्ठ खबर ट्रम्पको समर्थनमा प्रदर्शन : समर्थक र विपक्षीबीच झडप

ट्रम्पको समर्थनमा प्रदर्शन : समर्थक र विपक्षीबीच झडप

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले वाशिङ्टनमा प्रदर्शन गरेका छन्। राष्ट्रपति निर्वाचामा धाँधली भएको ट्रम्पको दाबीको समर्थकमा हजारौं समर्थक प्रदर्शनमा उत्रेका हुन्। राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित भएको ट्रम्पले स्वीकार गरेका छैनन्।

उनले बाइडेनको पक्षमा आएको नतिजालाई आधारहीन भन्दै अदालतमा चुनौति दिने बताइरहेका छन्।

यसबीच बाशिङ्टनमा ट्रम्प समर्थक र विपक्षीबीच झडप भएको छ। झडपक क्रममा दुवै तर्फबाट धेरैजना घाइते भएका छन्। प्रहरीले २० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। (एजेन्सी)

 

सम्बन्धित् समाचार