गृहपृष्ठ खबर पिपरा अस्पतालको बेथिति ः १ बर्षबाट प्रवेश गेट बन्द, सर्वसाधारण अन्यौलमा

पिपरा अस्पतालको बेथिति ः १ बर्षबाट प्रवेश गेट बन्द, सर्वसाधारण अन्यौलमा

कपिलवस्तुको बाणगंगा नगरपालिका २ पिपरामा रहेको पिपरा अस्पतालमा रहेको एउटा मुख्य गेटनै बन्द भएको १ बर्ष भएको छ । बिरामीलाई तत्काल रेस्पोन्श गरेर उपचार गर्न या रिफर गर्न सजिलो होस भन्ने उदेश्यका साथ बनेका २ मुख्य गेट मध्य एउटा गेट १ बर्षबाट बन्द भएको हो ।

 


वडा कार्यलयको ठिक अगाडी तर्फ रहेको मुख्य गेट बन्द हुदा राजपुर, बैजलपुर तथा उत्तरी बाटो भएर उपचारका लागी पिपरा अस्पताल आउदा प्रवेशका लागी पाई पर्ने गेटनै बन्द हुदा बिरामी तथा बिरामीलाई लिएर आउने आफन्ती तथा चालक समेत अन्यौलमा पर्ने गरेका छन ।

गेट बन्द हुदा अन्यौलमा परेर बुटवल गएको बताउदै दुवै गेट खोल्नुपर्ने राजपुरका किरण पौडेलले गुनासो गरेका छन । यस बिषयमा पिपरा अस्पतालकी डाक्टर रञ्जीता महतोलाई फोन गर्दा फोन उठेन ।

महतो अस्पताल आएपछि अस्पतालको ब्यवस्थापन देखि सेवा प्रदानप्रति ब्यापक जनगुनासो बढेको छ । जनगुनासो बढेपछि बाणगंगा नगरपालिकाले १ महिना अगाडी मात्रै उनलाई कार्यलयमा बोलाएर केरकार समेत गरेको बुझिएको  छ ।

सम्बन्धित् समाचार