गृहपृष्ठ Featured जिवन बिमा भोलीको खुशी र भरोसाको आधार ः किरण गौतम

जिवन बिमा भोलीको खुशी र भरोसाको आधार ः किरण गौतम

सुर्या लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका सहायक महाप्रवन्धक किरण गौतमले जिवन बिमा भोलीको खुशी र भरोसा रहेको बताएका छन ।

कपिलवस्तुको बाणगंगा ७ बनगाईमा भएको श्रद्धाञ्जली सभा तथा मृत्यु दावी भुक्तानी रकम कार्यक्रममा बोल्दै गौतमले भबिष्यको चिन्ता केही मात्रामा भएपनि कम गर्न बिमा गर्न आवश्यक रहेको बताए ।

साथै उनले बिमाका क्षेत्रमा सुर्या लाइफ इन्स्योरेन्सले राम्रो सफलता हासिल गर्न सकेको बताउदै बिमित प्रति सबै भन्दा जिम्मेवार कम्पनिका रुपमा स्थापित भएको बताए ।

यसैबिच बाणगंगामा एक परिवारलाई सुर्या लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले मृत्यु भुक्तानी  रकम हस्तान्तरण  गरेको छ । बाणगंगा नगरपालिका वडा नः ८ का अमर बहादुर खत्रीको मृत्युपछि उनको परिवारलाई बिमा बापत गरेको रकम हस्तान्त्रण गरिएको हो । स्वर्गीय अर्जुन बहादुर खत्रीले असोज १४ गते साना किसान सहकारी सस्थाबाट रु २ लाख ५० हजार रुपैया ऋण लिएर रु १३७५ मा बिमा गरेका थिए ।

बिमा गरेको तेस्रो दिन उनको असमाहिक निधन भएको थियो । साना किसान सहकारी सस्थाले सुर्या लाइफ इन्स्योरेन्ससगं बिमा सम्झौता गरेको छ ।

साथै सुर्या लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले मृतक परिवारलाई कृया खर्च बापत आजै उनकै परिवारलाई रु २५ हजार समेत दिएको कम्पनिका एरिया प्रमुख श्याम सुवेदीले बताए ।

सम्बन्धित् समाचार