गृहपृष्ठ Featured बुटवलमा रहेको ‘अन्नपूर्ण एग्रो एण्डष्ट्रिज’ कृषि उद्योग तर्फको उत्कृष्ट करदाता घोषित

बुटवलमा रहेको ‘अन्नपूर्ण एग्रो एण्डष्ट्रिज’ कृषि उद्योग तर्फको उत्कृष्ट करदाता घोषित

सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको छ ।  आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ ।

विभागका अनुसार आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर सूची निकालिएको हो ।

विभागले हरेक वर्ष १ मंसिरका दिन कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गर्दै आएको थियो । तर, यो वर्ष सार्वजनिक बिदा र कोरोना भाइरसको महामारीका कारण साविकमा जस्तै कार्यक्रम गरी घोषणा भने सरकारले गरेन ।

विभागका अनुसार आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि घोषित भएको छ ।

पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड भएको छ । विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर आइएमई लिमिटेडले तिरेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिरेको नविल बैंक उत्कष्ट ठहर भएको छ ।

सम्बन्धित् समाचार