गृहपृष्ठ खबर लोकप्रियता देखेर सरकार परिवर्तनको हल्ला गरे : प्रधानमन्त्री ओली

लोकप्रियता देखेर सरकार परिवर्तनको हल्ला गरे : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको लोकप्रियता देखेर आत्तिएकाहरुले सरकार परिवर्तन हुने नकारात्मक सन्देश फैलाएको बताएका छन् । पाँचथरको फाक्तुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्दै सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह समेत गरेका छन् ।

‘सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रुपमा लागिपरेको छ । देशको समृद्धि नचाहने विभिन्न तत्वहरु सरकारविरुद्ध लागेका छन् । केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण छ,’ प्रधानमन्त्री ओलीको भनाई छ ।

ओलीले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति लिएको भन्दै भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको दावी गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता सुवास नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार