गृहपृष्ठ खबर अर्थमन्त्री पौडेलको बजेट स्वास्थ्य क्षेत्रमा मात्रै बिनियोजन

अर्थमन्त्री पौडेलको बजेट स्वास्थ्य क्षेत्रमा मात्रै बिनियोजन

रुपन्देही : अर्थमन्त्री एवम् रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट स्वास्थ्य क्षेत्रमा बिनियोजन गरेका छन्। गत वर्षको बजेट शिक्षा क्षेत्रमा मात्रै खर्च गरेका पौडेलले यो वर्षको ५ करोड स्वास्थ्य क्षेत्रमा खर्चिएका हुन्।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सन्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको निर्वाचन क्षेत्र नं। २, रुपन्देहीका संयोजक पौडेलको संयोजकत्वमा बसेको बैठकले सबै बजेट स्वास्थ्य क्षेत्रका छानेको हो।

गत वर्ष सांसद विकास कोषको सबै ६ करोड रुपैयाँ शिक्षा क्षेत्रमा लगाएका नेकपाका महासचिव पौडेलले यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा लगाउने निर्णय गरेका हुन्।

गत वर्ष सांसद विकास कोषमार्फत एउटा निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ विनियोजन भएको थियो। यसवर्ष ४ करोड रुपैयाँ छुट्याइएको छ। यो रकम पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका चारवटा स्वास्थ्य संस्थामा खर्च गर्न लागेका हुन्।

कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा संकट आएकाले त्यसैमा लगानी गर्ने निर्णय लिएको जानकारी पौडेलले दिएका छन्। समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख सदस्य छन्।

पौडेलले तिलोत्तमा नगरपालिका(२ स्थित शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरमा एक करोड रुपैयाँ, सैनामैना नगरपालिका(१ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरणलाई अर्को एक करोड विनियोजन गरेका छन्।

बुटवल उपमहानगरपालिका(९ स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा डायग्‍नोसिस सेन्टर स्थापना र संचालन गर्न ५० लाख छुट्याइएको छ। त्यसैगरी बुटवल उपममहानगरपालिका(१२ स्थित सहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्‍नति कार्यक्रमलाई एक करोड ५० लाख रुपैयाँ विनियोजना गरिएको छ।

सम्बन्धित् समाचार