कैलाली : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १ स्थित चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवलदार रामबहादुर बिस्टको मृत्यु भएको हो।
झलारीस्थित आफ्नो घरबाट प्रहरी चौकी दोधाराचादँनी झोलुङ्गे पुल जाने क्रममा दुर्घटना भएको हो। उनी सवार लु १२ प ५१५ नम्बरको मोटरसाइकल र से १ च १४०६ नम्बरको ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।