गृहपृष्ठ कला/साहित्य लुम्बिनी कपिलवस्तु दिवस : केदार वाशिष्ठको अनुसन्धानमूलक कृति सार्वजनिक

लुम्बिनी कपिलवस्तु दिवस : केदार वाशिष्ठको अनुसन्धानमूलक कृति सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं : लुम्बिनी कपिलवस्तु दिवसको अवसरमा केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्यास् सिद्धान्त र प्रयोग सार्वजनिक भएको छ। मंगलबार वशिष्ठकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

सन् १८९६ डिसेम्बर १ मा तत्कालीन ब्रिटिस इन्डिया सरकारका कर्मचारी जर्मन नागरिक डा। एलोइस एन्टोन फुहरर र नेपालका बडाहाकिम खड्ग शमशेरले लुम्बिनीको अशोक स्तम्भ पुनः पत्ता लगाएको दिनलाई स्मरण गर्दै सन् २००९ देखि डिसेम्बर १ लाई लुम्बिनी कपिलवस्तु दिवसका रुपमा मनाइँदै आएको छ।

अनुसन्धान कर्ता केदार वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गर्दै त्यसका दुई प्रयोग ९१० लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन र ९२० सिला खोजेको भाषा समेत देखाइएको छ।

पुस्तक लोकार्पण समारोहमा शताब्दी वाङ्मय पुरुष जोशीले नेपाल विद्याले नेपालबारे विश्वकोशको ज्ञान दिने सम्भावना रहेको बताए।

नेपाल विद्याको सैद्धान्तिक खण्डमा भारत विद्या, चीन विद्या, तिब्बत विद्या, इजिप्ट विद्या, आर्मेनियाली विद्या र विकासका लागि जापान विद्या लगायतका देशीय विद्याको सन्दर्भ खोज्दै नेपाल विद्याको जग हालिएको छ। त्यसका साथै अन्य विषयगत अध्ययनको क्षेत्रका सम्भावनामा बुद्ध विद्या र किरात विद्याको चर्चा गरिएको छ देशीय विद्याका सैद्धान्तिक आधारसहित नेपाल विद्याको खोजी, प्रयोजन र सम्भावना किताबमा समेटिएको छ।

देशीय विद्या अध्ययनको सन्दर्भमा नेपाल विद्याको पहिलो प्रयोग लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन रहेको छ। बुद्ध र बुद्धको जीवनसँग सम्बन्धित सम्पदाहरुबारे भारतले बारम्बार दावी गर्ने गरेका कारणको खोजी यसमा गरिएको छ। यस केन्द्रमा लामो समयसम्म हालको भारतमा उपनिवेश जमाएको बेलायतको संलग्नता पहिले र अहिले पनि रहेको तथ्य यस प्रयोगबाट उजागर भएको छ। त्यसको असर समग्र दक्षिण एसिया र अन्य मुलुकमा पनि पाइने गरेको छ।

यस्तै पुस्तकमा नेपालको भूक्षेत्र र नेपालका भाषाको खोजीसँग सम्बन्धित छ। खासगरी बेलायती अध्ययन परम्परामा नेपालको इतिहास लेखन र खोजी हुँदा नेपाली भाषामाथि भएको अन्यायलाई बेलायती अध्ययन परम्पराभन्दा अघिका ल्याटिन, आर्मेनियाली, अरबी र ग्रिसेली अध्ययनलाई पुस्तकमा समेटिएको छ।

 

सम्बन्धित् समाचार