![]()
काठमाडौँ : बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सचिवालय बैठक स्थगित भएको छ ।बुधबार बालुवाटारमा केहीबेर बसेर नेकपा सचिवालय बैठक स्थगित भएको हो । पार्टी असामान्य अवस्थामा रहेकाले अध्यक्ष ओलीसहितको बैठक महत्वपूर्ण भएकाले सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आगामी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई अनिवार्य रुपमा उपस्थित हुन पनि आग्रह गरिएको उनले बताए । ओली किन बैठकमा उपस्थित भएनन् भन्नेचाहिँ श्रेष्ठले केही खुलाएनन् ।
त्यस्तै, १८ गतेका लागि तय भएको स्थायी कमिटी बैठक २१ गतेका लागि सारिएको पनि उनले जानकारी दिए ।








