गृहपृष्ठ खबर कोरोना विरुद्धको खोप प्रयोग गर्न रुसी राष्ट्रपति पुटिनको निर्देशन

कोरोना विरुद्धको खोप प्रयोग गर्न रुसी राष्ट्रपति पुटिनको निर्देशन

मस्को : रुसमा आगामी सातादेखि नै कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न निर्देनशन दिइएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यहाँको सरकारी पहलमा तयार पारिएको खोप अब प्रयोग गर्न यही बुधबार निर्देशन दिएका हुन् ।

रुसी नागरिकका लागि उक्त खोप निशुल्क उपलब्ध गराइने पनि बताइएको छ । गत अगस्ट महिनामै पहिलोपटक कोरोनाविरुद्धको खोप दर्ता गराएको रुसले पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई लगाइनेछ ।

‘स्पुटनिक भी’ नामको उक्त खोप विश्वभर तीव्र रुपमा विकास गरिएका खोपमध्ये एक हो । रुसलेसँगै चीन, बेलायत, अमेरिका र ब्राजिल लगायतले पनि कोरोना विरुद्धको खोप तयार पारेका छन् ।

 

सम्बन्धित् समाचार