
कपिलवस्तु : तनहुमा पुल उदघाटनको क्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बिनाकारण ३ घन्टा नियन्त्रण्मा लिइएको घटनाको बिरोधमा कपिलस्तुको तौलिहवामा राँके जुलुस निकालिएको छ । नेपाल तरुण दल र नेबि संघले संयुक्त रुपमा तौलिहवा बजारमा घटनाको बिरोधमा राके जुलुस निकालेको हो ।
कांग्रेसको तौलिहवास्थित पार्टी कार्यालयबाट प्रशासन चोकसम्म जुलुस निकालिएको थियो । सो क्रममा सरकारबिरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो । तरुण दलका जिल्ला सभापति शक्ति सिंहल ठकुरीले नेकपा सरकारले तानाशही प्रबत्ति देखाएको बताए । बरिष्ठ नेता पौडेल पुल उदघाटन गर्न जाने क्रममा अनावश्यक रुपमा धरपकड गरी नियन्त्रण्मा लिनु निकै खेदजनक कुरा भएको उनले बताए ।
उनले नेपका सरकारको असली रुपमा अब देखिएको र त्यसको आफुहरुले सशक्त जवाफ दिने उनले बताए । नेबि संघका जिल्ला सभापति राकेश पाण्डेयले बरिष्ठ नेता पौडेललाई पक्रेर बर्तमान सरकारले आफनो चरित्र देखाएको बताए । उनले यसता घटनाको आफुहरुले अब प्रतिकार गर्ने उनले बताए ।








