गृहपृष्ठ अर्थ/वाणिज्य ‘अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा तत्काल शुल्क लाग्दैन’

‘अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा तत्काल शुल्क लाग्दैन’

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्‍यो। मौद्रिक नीतिको बुँदा नं. ६७ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत् ग्राहकबाट लिने सेवा शुल्कसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ।’

यही बुँदाका कारण केही मानिसहरूमा फेरि एउटा बैंकको एटिएमले अर्को बैंकबाट पैसा झिक्दा शुल्क लाग्ने हो कि भन्ने ठाने।

राष्ट्र बैंकले अन्तर एटिएम कारोबारमा शुल्क नलिने व्यवस्था नै अहिले कार्यान्वयनमा आइरहेको स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले शुक्रबार दिउँसो सेतोपाटीसँग भने ‘त्यसबारे कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था यथावत् छ।’

लअष्तकबलष्mब दयह बम द्धदष्मज बिद दयह बम छ
उनका अनुसार अन्तर एटिएम कारोबारमा शुल्क लिन पाउनेबारे अहिले निर्णय भइसकेको छैन।

बैंकहरूले पनि अहिले निस्शुल्क एटिएमको व्यवस्था नै लागू भइरहेको स्पष्ट पारेका छन्। नबिल बैंकका सूचना अधिकृत सुरेश त्रिपाठीले अन्तर एटिएम कारोबारमा अहिले कुनै शुल्क नलिइएको स्पष्ट पारे।

‘हामीलाई कुनै निर्देशन आएको छैन, राष्ट्र बैंकले यसअघि गरेको शुल्क लिन नपाउने व्यवस्था नै कार्यान्वयन भइरहेको छ’ उनले भने।

यसअघि कोरोना भाइरसको महामारी सुरू हुँदा बैंकहरूले नै चैतको दोस्रो साताबाट अन्तरएटिएम कारोबार निस्शुल्क गरेका थिए।

लअभिि ष्ल
पछि राष्ट्र बैंकले नै अर्को व्यवस्था नभएसम्म अन्तरएटिएम कारोबारमा कुनै शुल्क लिन नपाउने गरी निर्देशन गरेको थियो।

बैंकहरूले अन्तरएटिएम कारोबार गर्दा नेटवर्कअनुसार सेवा शुल्क लिँदै आएका थिए।

सम्बन्धित् समाचार