
कपिलवस्तु : कपिलवस्तुको बुद्धुुभुमी नगरपालिका वडा नम्बर– १० स्थित बिजगौरीमा माछापुच्छ्रे बैकको शाखा रहीत बैकिङ सेवा केन्द्र संचालन गरिएको छ । बैकले आफनो क्षेत्र बिस्तार गर्दै त्यहा केन्द्र संचालनमा ल्याएको हो । नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, बैकका लुम्बिनी प्रदेश प्रमुख उज्जवल पाण्डेयले बैकको संयुक्तरुपमा रिबन काटेर उदघाट गरे ।
सो अवसरमा मेयर श्रेष्ठले बैकले गाउ गाउमा सेवा बिस्तार गरेकामा धन्यबाद दिए । उनले गाउ गाउमा बैक बिस्तारले जनतालाई सहजता थपेको बताए । उनले अब बैकहरु समेत गाउमुखी समेत हुनु पर्नेमा जोड दिए । सो अवसमार प्रदेश प्रमुख पाण्डेयले आफनो र्बैकले देशक बिभिन्न स्थानमा सेवा बिस्तार गरेको बताए ।
उनले अहिले संचालनमा आएको बैकलाई प्रभावकारी रुपमा सेवा दिने गरी बनाउने बताए । केन्द्रमा सामाजिक सुरक्षा भत्ताको बितरणको प्रबन्ध मिलाईन छ । तत्कालका लागि रेमिटेन्स सेवा, खाता संचालन, रकम जम्मा लगातयको सुबिधा उपलब्ध गराईन छ । कार्यक्रममा वाडधयक्ष संदीप पाण्डेय, कपिल तिवारी, देब केसी, मुकुन्द भट्टराई, रोशन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।








