गृहपृष्ठ अर्थ/वाणिज्य गोरुसिंगेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा सञ्चालनमा

गोरुसिंगेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा सञ्चालनमा

बुटवल : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको गोरुसिंगेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुद्धभूमि नगरपालिका २ गोरुसिंगे बजारमा बिहीबारदेखि शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो ७१ औं शाखा हो ।

शाखा कार्यालयको बुद्धभूमि नगरपाकिलाका प्रमुख केशवप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थी,गोरुसिंगे शाखा प्रमुख सन्तोष घिमिरेले शाखा कार्यालयबाट कृषि, ब्यापार, उद्योग र सेवा क्षेत्रमा सहुलियत दरमा कर्जा प्रवाहका साथै निक्षेपमा आकर्षक ब्याजदर तथा लकर सुविधा,मोबाइल बैकिङ सुविधा प्रदान गरिने बताए ।

यसअघि कपिलवस्तुमा शाइन रेसुङ्गा बैंकको चार नम्बर जितपुर र चन्द्रौटामा पनि शाखा कार्यालय रहेका संचालनमा रहेका छन् ।

सम्बन्धित् समाचार