वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ४ देशमै राष्ट्रीय प्रतियोगिता आयोजना गर्ने पहिलो वडा बनको छ । देशभरका ७५३ स्थानिय तहहरुमा रहेका वडाहरुमध्य बाणगंगाको वडा नः ४ राष्ट्रीय प्रतियोगिता आयोजना गर्ने पहिलो वडा बनेको हो ।
बाणगंगाको वडा नः ४ ले बुधबार र बिहिबार राष्ट्रीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो । जसमा बिभागिय टोलीसहित देशभरका ३७ टोलीहरुको सहभागिता रहेको थियो ।
युवाहरुलाई लागु औषधबाट बाहिर निकालेर खेलमा जोड्न र पहिचान बनाउने वातावरण सृजना गर्नका लागी प्रतियोगिता आयोजना गरिएको वडा नः ४ का वडा अध्यक्ष तथा बरिष्ठ युवा समाजसेवि गणेश बहादुर क्षेत्रीले बताए । साथै उनले प्रतियोगितालाई निरन्तरता समेत दिने सो अवसरमा प्रतिबद्धता जनाएका थिए ।

बाणगंगाको बुद्ध रगंशालाको कर्बड हलमा भएको प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कपिलवस्तुलाई हराउदै सोझो सेटमा कास्कीले जित हासिल गर्न सफल भएको हो । पहिलो सेट २१,१६ र दोस्रो सेठ २१, ७ ले कास्की बिजयी भएको हो ।
प्रथम भएसगै कास्कीले ६६ हजार नगद सहित शिल्ड र मेडल पाएको छ भने द्धित्तिय भएको कपिलवस्तुले ३३ हजार शिल्ड र मेडल पाउन सफल भएको छ । कास्कीबाट बिशाल खड्का र बिधान अधिकारी त्यस्तै कपिलवस्तुबाट बिनोद पौडेल, राजु थापा फाइनलमा पुगेका थिए ।
प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैप्रति प्रतियोगिताको समन्वय सस्था शान्ती दिप युवा क्लवका अध्यक्ष शुसिल सिहं ठकुरीले धन्यवाद समेत ज्ञापन गरेका छन ।

वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले प्रतियोगितालाई निरन्तरता दिने बताउदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन ।








