गृहपृष्ठ खबर वरिष्ठ नेता पौडेल भन्छन्- सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढ्यो

वरिष्ठ नेता पौडेल भन्छन्- सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अघि बढ्यो

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले जारी गरेको अध्यादेश संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ती गर्ने नियतका साथ आएको बताएका छन्। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

वरिष्ठ नेता पौडेलले ट्वीटरमार्फत संवैधानिक परिषदको मूल मर्मविपरीत अध्यादेश आएको बताएका छन्। उनले संसद अधिवेशनलाई छल्नका लागि हतार-हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सरकार सर्वसत्तावाद र निरंशुकतातर्फ अघि बढेको बुझिने बताए।

‘संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार-हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु,’ पौडेलले भनेका छन्।

संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।

 

सम्बन्धित् समाचार