गृहपृष्ठ खबर श्रीलंकालाई विश्वकप जिताएका वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक

श्रीलंकालाई विश्वकप जिताएका वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक

काठमाडौं : डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार वक्तव्य जारी गर्दै अष्ट्रेलियाली नागरिक वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

यस्तै रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद कुमार दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।

 

सम्बन्धित् समाचार