गृहपृष्ठ खबर अस्ट्रेलियाले भारतलाई ८ विकेटले हरायो

अस्ट्रेलियाले भारतलाई ८ विकेटले हरायो

काठमाडौँ : अस्ट्रेलियाले भारतलाई पहिलो डे नाइट टेस्टमा शनिबार भारतलाई सजिलै ८ विकेटले पराजित गरेको छ । यससँगै अस्ट्रेलियाले चार टेस्टको शृंखलामा १–० को अग्रता पनि लिएको छ । जितका लागि ९० रनको लक्ष्य पाएकोमा अस्ट्रेलियाले २ विकेटको क्षतिमा जित हात पारेको हो ।

यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा ३६ रन बनाएर अलआउट भएको थियो । टेस्ट क्रिकेटमा भारतको यो अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो । सन् १९७४ मा भारत इंग्ल्यान्डविरुद्ध ४२ रनमा अलआउट भएको थियो ।

टेस्ट क्रिकेटमा भारतको लज्जास्पद प्रदर्शन, ३६ रनमा समेटियो
भारतको त्यस इनिङ्समा कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । प्रारम्भिक ब्याट्सम्यान मयंक अग्रवालले बनाएको ९ रन नै सर्वाधिक रह्यो । अस्ट्रेलियाली बलरमध्ये जोस हेजलउडले पाँच र प्याट कमिन्सले चार विकेट लिए ।

 

सम्बन्धित् समाचार