गृहपृष्ठ खबर आउँदो वैशाख १७ र २७ गते निर्वाचन

आउँदो वैशाख १७ र २७ गते निर्वाचन

प्रकाशित मिति:

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिमा प्रतिनिधि सभाको विघटन गरेसँगै वैशाख १७ र २७ गते निर्वाचन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रतिनिधि सभा विघटन गरि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल बैशाख २७ गते सोमबार दोश्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने गरि मिति तोकिएको हो।

संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यताको आधारमा ताजा जनादेशमा जान मन्त्रिपरिषद्बाट सिफारिस भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

 

सम्बन्धित् समाचार