काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम डा. खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।