गृहपृष्ठ खबर चितवनमा ‘केपी ओली हाई-हाई, प्रचण्डलाई बाई-बाई’ नारासहित दीप प्रज्वलन

चितवनमा ‘केपी ओली हाई-हाई, प्रचण्डलाई बाई-बाई’ नारासहित दीप प्रज्वलन

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा मंगलबार साँझ भरतपुरको चौविसकोठीमा प्रदर्शन भएको छ। कार्यक्रममा युवा नेता तथा कार्यकर्ताले ओलीको कदमको समर्थन गरेका थिए।

पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको अनेरास्ववियुका नेता हरि आचार्यले बताए।

प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताले प्रचण्डको जिल्ला चितवनमा ‘केपी ओली हाई- हाई, प्रचण्डलाई बाई- बाई’, केपी ओली जिन्दावाद, जबज जिन्दावादको नारा लगाएका थिए।

कार्यक्रममा युवा नेता कमलराज पाठक, देव पाठक लगायतले मन्तव्य राखेका थिए। सो अवसरमा उनीहरुले दीप प्रज्वलन समेत गरेका थिए।

 

सम्बन्धित् समाचार