गृहपृष्ठ राजनीति कपिलवस्तुका ११ जना, को को परे ओली निकट नेकपाको केन्द्रिय कमिटीमा। सूची सहित

कपिलवस्तुका ११ जना, को को परे ओली निकट नेकपाको केन्द्रिय कमिटीमा। सूची सहित

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । मंगलबार बालुवाटारमा बसेको सो समूहको बैठकले पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो ।  यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकमा ओलीले ११९९ सदस्यीय केन्द्रिय  कमिटी घोषणा गर्नुभएको हो  ।

अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी बनाइएको ओलीले जानकारी दिनुभयो । रिक्त रहेका १९६ जना पछि थपिने बताइएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ । बैठकमा ओलीले आयोजक सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो ।बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजेको आरोप लगाउनुभयो ।

उहाले प्रचण्ड–नेपाल भन्दा आफु धेरै अघि कम्युनिष्ट आन्दोलनमा होमिएको दावी गर्नुभयो । ओलीले प्रचण्ड–नेपालले आफुलाई कारवाही गर्ने गर्ने जानकारी पाएको भन्दै कारवाही गरेर देखाउन चूनौती दिनुभयो । ओलीले सरकार पार्टीलाई काम गर्न नदिएको, महाअभियोग लगाउने, अविश्वासको तयारी भएको आरोप लगाउनुभयो ।ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।

यसै बिच नेकपाको पुनरगठित केन्दिय कमिटीमा  कपिलबस्तुबाट ११ जना नेता पर्नु भएको छ । पहिले देखी केन्द्रमा रहदै आउनु भएका बिमला घिमीरे र शिराज अहमद फारुकी पुनर गठित केन्दिय सदस्यमै रहनु भएको छ ।  नयाँ मनोनित हुने केन्दिय सदस्यमा बलराम अधिकारी , झबीलाल पोख्रेल , कृष्ण पौडेल , डम्मर शर्मा , बिश्राम चौधरी , शान्ति देबी हरीजन ,शुसिल श्रीवास्तब , मुस्तफा मुसलमान र  शारदा शर्मा रहनु भएको छ ।

सम्बन्धित् समाचार