गृहपृष्ठ खबर कपिलवस्तुमा प्रतिनिधि सभा विघटनको विरोध गर्दै जसपाको प्रदर्शन

कपिलवस्तुमा प्रतिनिधि सभा विघटनको विरोध गर्दै जसपाको प्रदर्शन

कपिलवस्तु : प्रतिनिधी सभा विघटनको विरोध गर्दै  कपिलवस्तुमा जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ । कपिलबस्तुको तौलिहवा लगायत विभिन्न ठाउँमा उसले प्रदर्शन गरेको हो। पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको थियो ।

विघटनको विरोधमा मंगलबार बसेको जनता समाजबादी पार्टीको केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो । आन्दोलनका कार्यक्रम अनुसार सो पार्टीले आज सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको थियो । जस अनुसार कपिलबस्तु रुपन्देही लगायतका जिल्लाहरुमा आज प्रदर्शन गरेको छ ।

आन्दोलनको कार्यक्रम अनुसार पुस १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ।

 

सम्बन्धित् समाचार